कानूनी अड्चन फुकाएर नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने : नेता ज्ञवाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कानूनी अड्चन फुकाएर नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने : नेता ज्ञवाली


३ माघ २०७४, बुधबार


सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न !

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताएका छन् ।

अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौं उपत्यकास्तरीय प्रशिक्षणलाई यहाँ सम्बोधन गर्दै उनले जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताएका हुन् ।

‘अन्य मुलुकमा सत्तासीन दल पराजित भइसकेपछि सरकार छाड्न हतारिन्छन्’, उनले भने, ‘तर हाम्रो देशमा सरकारको दल पराजित भइसके पनि सत्तालिप्सा भएर कुर्सीमा बसेका छन् । यहाँ निर्वाचनपछि जनमतको कदर भएको देखिँदैन ।’

सचिव ज्ञवालीले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने बताउँदै चाँडै नै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुपर्ने बताए ।

उनले वाम एकताका लागि बिथोल्न केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने धारणा राखे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा माओवादी केन्द्रसँगको एकतालाई मूर्त रुप दिने बताए ।

पार्टी एकताका लागि दुई पार्टीको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर उनको भनाइ थियो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले वाम एकताले नेपाली कम्युनिष्ट विद्यार्थीको आन्दोलनलाई थप सहयोग पुर्याउने दाबी गरे ।

कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै अनेरास्ववियु मातहतका कमिटीको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस