राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु


२ माघ २०७४, मंगलबार


भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि शुरु भएको छ ।

जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिए ।

“विभागीय टोलीले खेलका लागि महत्वपूर्ण वातावरण बनाएका छन्” उनले भने, “दक्ष र शैक्षिक योग्यता पुगेका खेलाडीलाई विभागलाई पदोन्नतिमा पनि ध्यान दिन आग्रह गर्छु ।” समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी क्षेत्रज्ञनारायण खत्री र ब्याडमिन्टनका राष्ट्रिय खेलाडी दीपेश धामीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को आठ लाख सहयोग र १३ लाख आयोजकले व्यवस्थापन गरेर प्रतियोगिता भएको कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष गोकुल बोहराले जानकारी दिए । प्रतियोगिता शुरु हुनुअघि भीमदत्तनगरमा प्रभावफेरी आयोजना गरिएको थियो । पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका करिब १७५ पुरुष तथा महिला प्रतियोगी रहेको प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस