सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ


२ माघ २०७४, मंगलबार


बेरुत । सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शरणार्थीहरु अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशहरुमा बसिरहेका छन् र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका छन् ।
तर उनका अनुसार ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउने अवस्था अझै बनेको छैन, किनभने यहाँका आन्तरिक शरणार्थीहरुले पनि सुरक्षित वातावरण पाउन सकेका छैनन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगका एकजना अधिकारी स्कट क्रेगले भनेका छन्, उक्त आयोगले यो कुराको निक्र्यौल निकालेको छ कि अहिले नै सिरियाली शरणार्थी घर फर्किन पाउने अवस्था एवम् वातावरण बनेको छैन ।

गत वर्ष मात्र पनि केही शरणार्थीहरु सिरिया फर्किएका थिए तर पनि उनीहरु पनि सुरक्षित रहन सकेका छैनन् । त्यही आधारमा नै हामीले अझै सिरियाली शरणार्थीलाई स्वदेश फर्किने आधार नबनेको निष्कर्ष आपूmहरुले निकालेको उनीहरुले जनाएका हुन् ।

क्रेगले आफूहरुले अहिले पनि सिरियाका विभिन्न स्थानमा द्धन्द्ध प्रभावित नागरिकलाई सहयोग गरिरहेको तर त्यस क्रममा पनि राष्ट्रसंघले धेरै लडाईं लड्नु परिरहेको बताए ।

स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।

हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस