निर्वाचन समीक्षा गर्न कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमिति बैठक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचन समीक्षा गर्न कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमिति बैठक


२ माघ २०७४, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसले माघ ४ गते (बिहिबार) बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले उक्त निर्णय गरेको हो । माघ ४ गते बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।

बैठक राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिमा केन्द्रीत हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले बैठक आसन्न राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित रहने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस