भ्रष्टाचार नियन्त्रणका लागि ‘राजनीति र प्रशासन’मा ‘युवाहरूको हस्तक्षेप’ हुन जरूरी छ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचार नियन्त्रणका लागि ‘राजनीति र प्रशासन’मा ‘युवाहरूको हस्तक्षेप’ हुन जरूरी छ


२ माघ २०७४, मंगलबार


भ्रष्टाचार नियन्त्रणका विषयमा वहसहरु धेरै भए । नाराहरु पनि खुबै घन्काइए तर भ्रष्टाचार भने बढेको बढ्यै छ । जवजव समाजमा नयाँ नयाँ समस्याहरु देखा पर्छन् तवतव निवारणका नाममा सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहुँचवालाहरुले त्यसैलाई खेतीपातिको धन्दा बनाउँछन् र आफ्नो दुनु सोझ्याउदै वर्षौसम्म गोजी भरिरहन्छन् । यो कुनै नौलो कुरा रहेन । परिणाम घाम जतिकै छर्लङ्गै छ । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा जोडतोडले लागेको सरकारी संयन्त्र नै सफल हुन सकिरहेको छैन । यत्रो प्रयासका बीच पनि नरोकिएको र दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको भ्रष्टाचार आखिर के हो ? किन निवारण गर्न सकिएन ? कहाँनेर चुकियो लगाएत विषयमा भ्रष्टाचारसम्बन्धी लामो समयदेखि कलम चलाउदै आएका एक जना नेपाल सरकारकै कर्मचारी तुल खड्कासंग प्रशासन डटकमका एस राज उपाध्यायले गरेको कुराकानी ।

भ्रष्टारका विषमा खोजमूलक लेखहरु लेख्दै आउनु भएको छ । यहाँलाई भ्रष्टाचार के हो जस्तो लाग्छ ?
भ्रष्टाचार शब्दमा परिभाषित गर्न वा यसको रंग पहिचान गर्न र यसलाई पुट्यायी गर्न त्यती सहज छैन । यद्धपी नेपालमा भ्रष्टाचार निवारण ऐनले परिभाषित गरेको छ । भ्रष्टाचार भनेको कुख्यात मनोदसा हो । मान्छेमा सही र गलत छुट्याउने जुन सिमारेखा हुन्छ, त्यो भत्किसकेपछि मान्छेले जुन गर्न लायक काम हो ठान्छ त्यो भ्रष्टाचार हो जस्तो लाग्छ ।

नेपालमा तुलनात्मक रूपमा भ्रष्टाचार दिनानुदिन बढ्दै गइरहेको छ । मलाई त कस्तो लाग्छ भने गायकले शब्दमा गाउन सक्दैन, साहित्यकारले शब्दमा ब्यक्त गर्न सक्दैन । यस्तो अवस्थामा भ्रष्टाचार पुगि सकेको छ नेपालमा ।

यस्तो अवस्थामा पुगिसकेको भ्रष्टाचारलाई कसरी निराकरण गर्न सकिन्छ त ?
यसको निराकरणको लागि कुनै एउटा संगठन, एउटा पात्र र एउटा प्रबृतिले मात्रै यो निराकरण हुने विषय होइन । यसको लागि बहुल पात्रहरू, बहुल संगठनहरू, बहुल निकाय र प्रविधिको बीचमा समन्वय हुन समझदारी हुन् ।

समझदारीपूर्ण रणनीति अवलम्बन गर्न सकिएमा यसलाई निराकरण गर्न सकिन्छ । अर्को कुरा भ्रष्टाचार नियन्त्रण गर्नको लागि राजनीति र प्रशासनमा युवाहरूको हस्तक्षेप हुन जरूरी छ ।

राजनीति र प्रशासनमा युवाहरूको हस्तक्षेप भन्नुभयो, राजनीति पनि बुढाहरुकै मुठिभित्र छ ब्युरोक्रेसिमा पनि पुरानै पुस्ताको बाहुल्यता छ यो अवस्थामा युवाहरुको उपस्थिति कसरी हुन्छ ?
राजनीति र प्रशासनमा युवा पुस्ताहरू एकदमै सिघ्र रूपमा आइरहेका छन् । पछिल्लो समय यहाँले हेर्नुभयो भने असंख्य युवाहरू प्रशासनमा पनि छन् । स्थानीय तहको निर्वाचन २०७४ हेर्नुभयो भने त्यहाँ पनि धेरै युवाहरूको प्रतिनिधित्व छ । एक सय चार वर्षिया राणा शासनको बिरूद्धमा आन्दोलन गर्यौं । पञ्चायतको बिरूद्धमा पनि आन्दोलन गर्यौं । हामीले राजतन्त्रको बिरूद्धका विषयमा पनि आन्दोलन गर्यौं । तर हामीले भ्रष्टाचार नियन्त्रणका बिरूद्धमा कहिले आन्दोलन गरेनौं । हामी हरेक मुद्दामा एक मुख भयौं । तर भ्रष्टाचार गर्नु हुँदैन भनेर हामी एक मुख हुनै सकेनौं । हाम्रो बिडम्बना त्यही हो ।

भ्रष्टाचारको विषयमा हामीले सामाजिक आवाज पनि निकाल्न सकेनौं । हामीले आन्दोलन पनि गर्न सकेनौं । हामीले विकास चाहिँयो भनेर आन्दोलन गर्न सकेनौं । अरू विषयमा हामी आन्दोलन गर्दाखेरी एकमुख भयौं तर भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्नेे विषयमा हाम्रा आवाजहरू एकदमै टुक्रिन थाले । आवाजहरू केन्द्रीत हुन सकेनन् । यसले गर्दा भ्रष्टाचारको विषयमा लड्ने अभियानले गति लिन सकेन ।

युवा पुस्ताबाट जुन किसिमको आशा र अपेक्षा गरिएको थियो, ठीक विपरित जस्तै भयो । जस्तोः कर्मचारीकै कुरा गर्ने हो भने भर्खरै पास गरेर आएका युवाहरु त झन् भ्रष्ट भएर निस्किए नी ?
युवामा पनि केही अपेक्षाहरू छन् । आशाहरू पनि छन् । मान्छेले अपेक्षा र आशालाई काबुमा राख्न सकेन र अनियन्त्रीत भए भने दुर्घटना हुन सक्छ । युवाहरूमा अपेक्षा र आशा तिव्र हुँदा दुर्घटना भएर ती परिणामहरू कतै न कतै देखिएका छन् । यद्धपी युवाहरूबाट धेरै अपेक्षा गर्न सकिन्छ ।

युवाहरूले गर्न सक्छन् । त्यो क्षमता पनि राख्छन् । तर पहिलो कुरा राजनीतिको होस् अथवा प्रशासनको होस् । त्यो माथीबाट सफा हुँदै तल आउनु पर्छ । मुहान सफा भयो भने तल बग्ने पानी पनि कञ्चन हुन्छ । हाम्रो प्रवृति के भयो भन्दा तल बगेको पानी मात्रै कञ्चन खोज्छौं । मुहान प्रदुषित भयो की ? मुहान धुमलीयो की ? भन्ने विषयमा हाम्रो कहित्यै चासो र चिन्ता भएन ।

मुहानमा सफा गर्न नसक्नुको कारण के हो जस्तो लाग्छ यहाँलाई ?
हामी जे छौं, जस्ता छौं । त्यस्तै पात्र र प्रवृतिहरु जन्माएका छौं । चाहे राजनीतिमा होस् चाहे त्यो प्रशासनमा नै किन नहोस् । यी सबै समाजको महाविद्यालयले जन्माएका पात्रहरू हुन् । हामी जस्ता छौं त्यस्तै जन्मिरहेका छन् ।

युवाहरू जागरूप र विकास प्रेमी, राष्ट्र प्रेमी, न्याय प्रेमी हुनुपर्ने हो । तर सकिरहेका छैनन् । सामाजिक न्याय र विभेद्को बिरूद्धमा बोल्न सक्ने/भन्न सक्ने युवाहरूको कलेक्टििभ भ्वाइस हुन आवश्यक छ । यो भयो भने सम्भव रहन्छ । यद्धपी राजनीति र प्रशासनमा त्यती धेरै विश्वास गर्न सकिएको छैन । विश्वास नगरी सकिएको अवस्थामा अपेक्षित नतिजा अझै देखिएको छैन ।

र यो पनि,

लोकसेवाको प्रश्न कसरी हल गर्ने ?

लोकसेवाको प्रश्न कसरी हल गर्ने ?

राजनीतिक भ्रष्टाचारको विश्वव्यापी तरंग

यसरी गर्न सकिन्छ भ्रष्टाचार नियन्त्रण

आरक्षणका पूर्वसर्त

मोफसलमा बसेर लोक सेवा पास गर्न सकिँदैन भन्ने कुराले पिरोलिरहेको छ भने ….

Tags :
प्रतिक्रिया दिनुहोस