गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


२९ पुस २०७४, शनिबार


कर्मशील हो यो जीवन बिसाउनु हुन्न भन्छु
कागज झैँ छ जिन्दगानी रिसाउनु हुन्न भन्छु

मरिजाने छोटो चोलामा अहंकार किन होला
बोलीमा कहिले नै गोली मिसाउन हुन्न भन्छु

कस्तो रैछ कठै ! दुनियाँ छलकपट नै चल्ने
कुराले त्यो झुटको खेती पिसाउन हुन्न भन्छु

महान मान्छे सरल हुन्छन्, छोटा हुन् धेरै चंखे
दिव्यताले पो बाँच्न पाऊँ चिसाउन हुन्न भन्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस