गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


२९ पुस २०७४, शनिबार


जिन्दगीको ठूलो शत्रु पिर बनिदिन्छ ।।
अनि शिकार आफ्नै तक्दिर बनिदिन्छ ।।

चिनेमा श्रीखण्ड नचिने खुर्पाको बिड ।
यो जिन्दगी बनाएमा खीर बनिदिन्छ ।।

सजिलो काहाँ छ र जिन्दगीको यात्रा ।
कहिलेकाँही मैदान पनि भीर बनिदिन्छ ।।

रेटिन्छ कलेजी टुक्रिन्छ दुख्ने यो मुटु ।
कसैको नजर पनि तिर बनिदिन्छ ।।

भक्कानिन्छ यो मुटु बर्षिदिन्छ आँसु ।
त्यसैले त यो नेत्र अस्थिर बनिदिन्छ ।।

प्रतिक्रिया दिनुहोस