भारोत्तोलन च्याम्पियनसिपमा सेनाका दिनेशले तोडे १९ बर्ष अघिको किर्तिमान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारोत्तोलन च्याम्पियनसिपमा सेनाका दिनेशले तोडे १९ बर्ष अघिको किर्तिमान


२८ पुस २०७४, शुक्रबार


काठमाडौं । नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्तरगतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा राष्ट्रिय किर्तिमान कायम गरेका छन् । उनले १९ बर्ष अघिको आफ्नो नाममा राष्ट्रिय किर्तिमान लेखाएका थिए ।

यस अघि मदन शिबभक्तिको नाममा १२१ केजीको किर्तिमान कायम रहेको थियो । स्नाच तर्फ नेपाल प्रहरीका सन्देश गुरुङ्गले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए । क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे । नेपाल प्रहरीका सन्देश गुरुङ्गले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पोखराको उद्योग बाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङ्गले १०५ केजी माथीको तौलमा आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गर्दै स्वर्ण पदक प्राप्त गरे । । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे । दोश्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन रहे । उनले ९५ केजी भार बहन गरे । कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्य पाए । पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरि प्रथम स्थान हात पारे । क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए । स्नाचमा दोश्रो स्थानमा रहेको प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्य पाए । कुल तर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए ।

प्रतियोगिताको तेश्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे । उलने स्नाचमा १०५, क्लिन एण्ड जर्कमा १२७ केजी गरि कुलमा २३२ केजी भार बहन गरे । नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३, क्लिनमा ११७ केजी गरि कुलमा २१० केजी भार बहन गरे । चन्दले रजत पदक पाए । तेश्रो स्थानमा रहेका कञ्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५, क्लिनमा ११५ गरि कुल २०० केजी भारका साग कास्य पाए ।

यस्तै पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहल बहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा स्वर्ण पाए । उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे । टहलले स्नाचमा रजत पाए । उनले स्नाचमा ९० केजी मात्र भार बहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे । महर्जनले स्नाचमा १०० केजी भार बहन गरे । महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए । भक्तपुरका जयदी कोजुले कास्य पाए । कोजुले स्नाचमा ८१ केजी, क्लिनमा ११० गरि कुल १९१ केजी भार बहन गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, पूर्व उपाध्यक्ष सिताराम मास्के, नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन कुमार टण्डन लगायले पुरस्कार वितरण गरेका थिए ।

तीन दिने प्रतियोगितामा तीन विभागिय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस