आश्विन ३० गते, २०७५

माओवादीले बोलायो आफ्ना मन्त्रीहरूलाई फिर्ता

विनाविभागीयमन्त्रीहरूद्वारा सामुहिक राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले शुक्रबार औपचारीक रूपमा आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको जानकारी गराएका छन् । यो सँगै नेकपा माओवादी केन्द्र औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ।

शुक्रबार माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको पत्रसहित मन्त्रीहरूको समुहिक राजीनामा बुझाएका छन् ।

सरकारमा माओवादीका ९ मन्त्री र ७ राज्यमन्त्री सहभागी थिए।

माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह सहभागी थिए ।

राज्यमन्त्रीहरूमा मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए ।

पौष २८ गते, २०७४ - १३ः३१ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg