बैशाख १० गते, २०७५

गौरव तण्डुलको रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथी बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले तन्डुललाई रथीमा बढुवा गर्नुका साथै यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

रथीमा बढुवा भएका तण्डुलले अब शान्ति सेनाको ‘यूएन फोर्स कमाण्डर’मा प्रतिस्पर्धा गर्नेछन् ।

बैठकले प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती र पदस्थापन गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए ।

बैठकले महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै पदस्थापन गरेको छ भने पुनरावेदन समिति अध्यक्ष हेमराज पन्तलाई नियुक्त गरेको छ ।

पौष २८ गते, २०७४ - १३ः१३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg