लोकप्रिय बन्दै स्नेहा र भद्रगोलका बलेद्वारा अभिनित काग दाजै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोकप्रिय बन्दै स्नेहा र भद्रगोलका बलेद्वारा अभिनित काग दाजै


२३ पुस २०७४, आइतबार


काठमाडौं । उदियमान मोडेल स्नेहा पौडेल र भद्रगोलका बलेद्वारा अभिनित कागदाजै गीत लोकप्रिय बन्दै गइरहेको छ । नेपाली साङ्गीतिक बजारमा भरखरै आएको फरक शैलिको गीतलाई दर्शक स्रोताले औधि रूचाएका छन् । गीतमा ध्रुव बिस्को र सरु गौतमले स्वर दिएका छन् ।

गीतका बारेमा प्रतिकृया दिँदै गायीका मञ्जु पौडेलकी छोरी समेत रहेकी स्नेहा गीतहरू छानेर मात्र काम गर्ने बताउँछिन् । उनले आफुलाई केही चलचित्रका लागि अफर आए पनि अहिले नै हतारो नगर्ने बताइन् । ‘फरक शैलीका साथ काम गर्ने सोच बनाएकी छु’, स्नेहाले भनिन्, ‘क्वान्टिटी थप्नु भन्दा पनि राम्रो काम गर्न सक्नु पर्छ, अब राम्रो स्क्रिप्ट पाए काम गर्छु ।

स्नेहा आफ्नै आमाको गीत तिमि लाईटरमा भएको चुरोटमा राम्रो अभिनय गरेर चर्चामा आएकी थिइन् । नेपालकै पहिलो वेब सिरिज हाम्रो हाईस्कूलमा काभ्याको रोलमा स्नेहालाई धेरैले मन पराएका थिए ।

युवराज वाइवाले निर्देशन गरेको गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् । भीम बासीको शब्द बाबु प्रधानको एरेन्जमा कुमार कटुवालले निर्माण गरेको यो भिडियोलाई बुढा सुब्बा डिजिटल प्रा. लि. ले बजारमा ल्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस