यो समयले सँगै बिताएका पलहरू पल्टाइरहेछ
र, तस्विरहरूले पुराना यादहरू सम्झाइरहेछ
यस्तो बाँच्ने कलाबाट म साह्रै हैरान–हैरान छु
पत्थर हान्नेसँग पनि फूल सधैं मुस्कुराइरहेछ
मरेको ठानेर तिम्ले बाघलाई जिस्क्याइरहेछौ
नब्युझाऊ बाघ त भरखरै मात्र निदाइरहेछ
अचम्म त यो छ कि पिठमा छुरा रोप्नले नै
सामुन्नेमा प्रणाम गरी उच्च आदर देखाइरहेछ
जो आफ्नै भविष्यदेखि बिलकुल बेखबर छ
तिनैले हात हेर्दै अरुको भविष्य बताइरहेछ ।