गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


१५ पुस २०७४, शनिबार


ए फूल ! बिर्सन्न कहिल्यै मुस्कान दियौ कलामा
भन्यौ हाँस जिन्दगी यो अस्थिर छ पलापलामा

नहाँसे मलीन दुनियाँ, म हाँसे खुसीखुसी छ
कहानी लेख्दिन सायद आँसुको शृङ्खलामा

जूनेली रात प्यारो र उसकै साथ झन् प्यारो
वासन्ती हावा छ साक्षी स्पर्शको मामलामा

आँखा हजारमा छन् र आँखामा एक छाया
निष्पाप प्रेम हाँसोस् मनका तलातलामा

हिमालझैं सफा यो मन आकाश झैं विशाल
‘शान्ति’ को गीत छाओस् सबैका गलागलामा

Tags :
प्रतिक्रिया दिनुहोस