लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी शिविरमा उत्साहपूर्ण सहभागिता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी शिविरमा उत्साहपूर्ण सहभागिता


२६ मंसिर २०७४, मंगलबार


काठमाडौं । एप्पल करियर एकेडेमीको प्रमुख आयोजनामा सञ्चालित लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी शिविरको पहिलो दिन आज उत्साहजनक सहभागिता रहेको छ ।

नेपालमा पहिलो पटक लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको शिविरमा सामान्य सूचनाको आधारमा पनि ५ सय बढीको सहभागिताले कार्यक्रम सार्थक भएको शिविरका संयोजक गणेश जोशीले बताए ।

उनले आफ्नो क्षमता र मेहनतमा विश्वास गर्ने आवश्यक योग्यता पुगेका एकेडेमिक युथहरू, जो लोकसेवा आयोगको प्रतिस्पर्धाबाट नेपाल सरकारले प्रदान गर्ने अवसर प्राप्त गर्न सक्छन्, उनीहरुलाई लोकसेवा र अन्य प्रतिस्पर्धात्मक परीक्षातिर प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।

यस शिविरमा लोकसेवा आयोगको तयारीका लागि बर्षौदेखि दर्जनौं पुस्तक लेखेर चर्चा कमाएका, लोकप्रियता हासिल गरेका लेखकहरूले प्रशिक्षण दिइरहेका छन् ।

तीन दिने कार्यक्रमको पहिलो दिन आज नेपाल सरकारका पूर्वमुख्यसचिव डा. बिमल कोइरालाले ‘लोकसेवा आयोग एक स्वर्णिम अवसर’ विषय बोलेका छन् । कोइराले आफ्नो शाखाअधिकृतदेखि मूख्यसचिव हुँदासम्मको अनुभव पनि प्रशिक्षार्थिहरूमाझ साटे । यस्तै लोकसेवा आयोगबाट २०७४ सालमा एक नम्वरमा छनोट भएका बिवेक रीजाल सहित पाँच जना अधिकृतहरूले प्रशिक्षण दिएका थिए ।

भोली (बुधबार) नेपाल सरकारका उपसचिव गोकर्ण उपाध्याय र लेखक रुपनाराण खतिवडाले प्रतिक्षण दिने तथा उत्प्रेरणदायी कविता वाचन कार्यक्रम रहेको जोशिले बताए ।

यस्तै कार्यक्रको अन्तिम दिन (बिहिबार) माइन्ड टेक्नोलोजी र सुपर लर्निङ विषयमा यदु नेपालले प्रशिक्षण दिने र खुला छलफल कार्यक्रम रहेको छ, जोशीले भने ।

शिविरको सह-आयोजकमा चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, शंखमूल रहेको छ । त्यसैगरी प्रायोजकमा करियर काउन्सिल, दीपमाला पब्लिकेसन र ऐश्वर्य प्रकाशन रहेका छन् भने मिडिया पार्टनरमा चैतन्य मञ्च, प्रशासन डटकम र एड एक्सप्रेस रहेका छ ।

यो पनि,

आत्मविश्वासका लागि शिविर

शिविर निजामती सेवामा प्रवेश गर्ने द्वार बनोस्

Tags :
प्रतिक्रिया दिनुहोस