ओली र म काठमाडौं पुगेपछि मात्र सरकार निर्माणबारे छलफल हुनेछ– प्रचण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओली र म काठमाडौं पुगेपछि मात्र सरकार निर्माणबारे छलफल हुनेछ– प्रचण्ड


२६ मंसिर २०७४, मंगलबार


काठमाडौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिङ्गो वाम गठबन्धनलाई बहुमतका साथ विजयी गराएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताप्रति आभार व्यक्त गरेका छन् ।

प्रचण्डले आफु र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्केपछि सरकार निर्माणका विषयमा छलफल सुरू हुने बताएका छन् ।

प्रण्डले विहीबार विहान मात्रै काठमाडौं आइपुग्ने बताएका छन् । उनले थप दुई दिन चितवनमै बसेर मतदाता भेटघाट गर्ने योजना बनाएकाले विहिबार मात्रै काठमाडौं फर्किने बताए ।

यस्तै विजय र्‍यालीमा सहभागी भएपछि एमाले अध्यक्ष ओली पनि आज साँझ काठमाडौं फर्कंदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस