तिम्रो रूपको जादू छाएको छ प्रिया ।।
हुलका हुल तिमीतिरै धाएको छ प्रिया ।।
वैश रित्तिएर सबै एक्लिएको थाहा छ ?
अन्तमा धेरैले धोका पाएको छ प्रिया ।।
पछि थाहा होला असलियत सबैको ।
धेरैले धोकेवाज माया लाएको छ प्रिया ।।
वसमा गरी तिमीलाई आफ्नो बनाए भनी ।
झूठो कसम धेरै धेरैले खाएको छ प्रिया ।।
सधैं उज्यालो कसैको नि हुँदैन लोकमा ।
दिनको सूर्य सन्ध्यामा अस्थाएको छ प्रिया ।।