रोनाल्डोले पाँचौं पटक जिते बालोन डी’ओर अवार्ड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रोनाल्डोले पाँचौं पटक जिते बालोन डी’ओर अवार्ड


२२ मंसिर २०७४, शुक्रबार


एजेन्सी । रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले यो बर्षको बालोन डी’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले बालोना डी’ओर अवार्ड जितेका हुन् । रोनाल्डोले सो अवार्ड अहिलेसम्म पाँच पटक हात परिसकेका छन् । यसपटक भने उनी लगातार दोस्रो पटक अवार्ड हातपार्न सफल भएका छन् ।

बिहीबार राति पेरिसमा भएको कार्यक्रमका बीच रोनाल्डोलाई विजेता घोषित गरिएको थियो । अवार्ड ट्रफी बोकेर बसेका रोनाल्डोलाई एक विशेष भिडियोबाट सार्वजनिक गरिएको थियो । विश्वका १७३ जना खेल पत्रकारहरुको मतको आधारमा रोनाल्डोले यो अवार्ड पाएका हुन् । भोटिङमा मेस्सी दोस्रो र पेरिस सेन्ट जर्मेनका नेयमार तेस्रो भए ।

लगातार दोस्रो बर्ष यो अवार्ड जितपछि रोनाल्डोले आफ्नो करियरको लागि यो उपाधि महत्वपूर्ण रहने बताए । उनले भने, ‘यस्तो पुरस्कार म प्रत्येक वर्ष जित्न चाहन्छु । म रियल मड्रिडका सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो मेरो करिअरको लागि निकै ठुलो अवसर हो ।’

योसँगै रोनाल्डोले यो अवार्डमा मेस्सीसँग बराबर गरेका छन् । यो अवार्ड मेस्सीले पनि ५ पटक नै जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस