आश्विन ३० गते, २०७५

हातहतियार सहित विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं । विष्फोटक पदार्थ, विभिन्न दस्तावेज र हातहतियार सहित विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन विथोल्ने र विभिन्न स्थानमा बम विष्फोटन गराउने कार्यमा संलग्न रहेका विप्लव माओवादीका छ जना कार्यकर्ता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा युवा दस्ता (राष्ट्रिय युवा जनस्वयमसेवक) जिला संयोजक रवि गोले, काठमाडौं जिल्लाका डिसीएम सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, अखिल नेपाल जनसांस्कृतिक महासंघका कोषाध्यक्ष रोह नेपाली भनिने महेश नेपाली, काठमाडौं जिल्ला डिसीएम (न्याय बिभाग प्रमुख) बिगेश लामा, पार्टीका साधारण सदस्य रोशन विष्ट र नुवाकोट जिल्ला डिसीएम राजिव तामाङ्ग रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले बिष्फोटनको लागि तयारी अवस्थामा राखिएको विष्फोटक पदार्थ, पेस्तोल र म्यागजिन, रिमोटमा लाग्ने ९ भोल्टको व्याट्रि लगायत पार्टीका दस्तावेज बरामद् गरेको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंसिर २१ गते, २०७४ - १५ः२५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg