मंसिर २९ गते, २०७४

भक्तपुरमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई घाइते

काठमाडौं । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ ।

मतदान भइरहेका बेला कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरूको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ । कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको दावी गरेका छन् ।

झडपमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेत रहेका छन् भने अर्का व्यक्तिको परिचय खुलेको छैन । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले त्यहाँको सुरक्षा व्यवस्था थप मजवुद् पारिएको पनि जनाएको छ ।

मंसिर २१ गते, २०७४ - बेलुकी ०१ः३८ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg