मंसिर २९ गते, २०७४

सर्लाहीमा कांग्रेस र राजपाबीच झडप

सर्लाही । सर्लाहीमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ । कौडेना गाउँपालिकाको फुलपरासी बुथमा झडप भएको हो ।

भोट खसाल्न लाइनमा बसेका कांग्रेस कार्यकर्ताहरूले राजपा कार्यकर्ताहरूले रोक्न खोजेपछि विवाद भएको बुझिएको छ । कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्दा झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् ।

प्रहरीले झडप नियन्त्रण लिनका चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । झडप पछि त्यहाँको सुरक्षा व्यवस्था थप मजवुद बनाइएको प्रहरीले जनाएको छ ।

मंसिर २१ गते, २०७४ - बेलुकी ०१ः१७ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg