प्रधानमन्त्री देउवाबाट डडेलधुराको असिग्राम माविमा मतदान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवाबाट डडेलधुराको असिग्राम माविमा मतदान


२१ मंसिर २०७४, बिहिबार


डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताएका छन् ।

गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताए । ‘अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि कांग्रेसको हो,’ उनले भने ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन् । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौं फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस