वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल


१७ मंसिर २०७४, आइतबार


काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल काठमाडौं र प्रेस सेन्टर नेपाल काठमाडौंको मिडिया डेस्कले आज आयोजना गरेको काठमाडौं जिल्ला वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँग अन्तक्रियामा उनले वाम गठबन्धनको सरकार बनेपछि कानूनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

एमाले र माओवादीबीच चुनावी तालमेल मात्र नभएर चुनावपछि पार्टी एकीकरण हुने भन्दै उनले सम्पूर्ण कम्युनिष्ट एक भएर देशको विकास गर्नुपर्नेमा जोड दिए ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन र जलविद्युत्को विकास गरी नेपालको अर्थतन्त्र बलियो बनाउने उल्लेख गर्दै उनले सबै नेपालीको जीवनस्तर उकास्न पर्यटन र जलविद्युत्को विकासबाट गर्न सकिने आधार भएको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस