कसरी निद्रा राम्रो बनाउने ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कसरी निद्रा राम्रो बनाउने ?


१५ मंसिर २०७४, शुक्रबार


काठमाडौं । मानिस स्वस्थ हुनका लागि पर्याप्त निद्रा आवश्यक पर्छ । चिकित्सकका अनुसार दैनिक ७–८ घन्टा सुत्नु आवश्यक हुन्छ । यद्यपी मानिसको व्यक्तित्व र आनीबानी अनुसार सुत्ने अवधि फरक हुन्छ ।

लामो समयसम्म शरीरलाई आवश्यक निद्रा नपुगे डिप्रेसन र एन्जाइटी (चिन्ता) हुन सक्ने चिकित्सक बताउँछन् ।

चिकित्सकले निद्रा राम्रो बनाउने पाँच उपाय सुझाएका छन् ।

१. चाडै सुत्ने
चिकित्सकका अनुसार निद्रा राम्रो बनाउन चाडै सुत्नु आवश्यक हुन्छ । यसका लागि पनि विभिन्न उपाय अपनाउन सकिन्छ । बेलुका तातो पानीमा नुहाउने, लोसन लगाउने, सकेसम्म कम कपडा लगाएर सुत्ने, सुत्ने आसन परिवर्तन गर्ने र सुत्नुभन्दा एक÷दुई घन्टाअगाडि बत्ती बन्द गर्ने ।

२. दैनिक सन्तुलित भोजन खाने
सन्तुलित भोजनले राम्रो निद्रा लगाउन मद्दत गर्छ । चिकित्सकका अनुसार राम्रो निद्राका लागि सन्तुलित भोजनसँगै खानपान व्यवस्थित हुनु आवश्यक छ । यसका लागि यी उपाय अपनाउन सकिन्छ ।

राति सुत्नुभन्दा तीन घन्टाअघि नै खाना खाने, भोकै पेट नसुत्ने, दिउँसो र बेलुका क्याफिन (कफीमा पाउने एक पदार्थ)युक्त खानेकुरा नखाने, तातो दूध र चिया पिउने, सुत्नुभन्दा एक घन्टाअघि पानी नपिउने र अल्कोहल सेवन नगर्ने ।

३. सुत्ने कोठा सफा र चिटिक्क बनाउने
सुत्ने कोठा सफा र चिटिक्क बनाउन सक्यो भने राम्रो निद्रा लगाउन मद्दत पुग्छ । यसका पनि विभिन्न उपायहरू अपनाउन सकिन्छ ।

सुत्ने कोठा सुत्नेबेला मात्रै प्रयोग गर्ने, सफा गर्ने, आकर्षक बनाउने, म्याट्रेस मेन्टेन गर्ने र नयाँ किन्दा विचार पुर्याउने ।

४. दैनिक कार्यतालिका परिवर्तन गर्ने
दैनिक कार्यतालिका परिवर्तन गरेर पनि निद्रा सहज बनाउन सकिन्छ । यसका लागि विभिन्न विधि छन् । दैनिक एकै समयमा सुत्ने र उठ्ने, सुत्ने तालिका विकास गर्ने, सुत्नुअगाडि लामो तथा गहिरो श्वास लिने र दैनिक व्यायाम गर्ने ।

५. चिकित्सकसँग परामर्श गर्ने
कतिपय अवस्थामा जतिसुकै प्रयास गर्दा पनि निद्रा लाग्दैन । त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गरी औषधी सेवन गर्नु उपयुक्त हुन्छ । तर, चिकित्सकको परामर्शबिना भने औषधी सेवन गर्नु उपयुक्त हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस