मंसिर २९ गते, २०७४

वाम गठबन्धनको स्थिर सरकार बन्छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गरेका छन् ।

पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्याउन चाहन्छु ।’

शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उनले भने– ‘शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उनको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।’

यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उनले गरे ।

उनी चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । रासस

मंसिर १२ गते, २०७४ - बेलुकी ०३ः१९ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg