गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


९ मंसिर २०७४, शनिबार


कहिलेकाहीँ हंगामा भेटिन्छ ।।
मान्छे जहिले दंगामा भेटिन्छ ।।

आकाश हेरी तबसम्म रमाउँछ,
जबसम्म लगाम चंगामा भेटिन्छ ।।

भेटाउ सकिन्न कहि कतै पनि,
जुन आजादी गंगामा भेटिन्छ ।।

गहिराई सम्झी डर लाग्छ तर,
तालको आनन्द डुंगामा भेटिन्छ ।।

ईश्वर खोज्दै मन्दिरमा भौतारिँदा,
जहिले स्तब्ध ढुंगामा भेटिन्छ ।।

प्रतिक्रिया दिनुहोस