गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


९ मंसिर २०७४, शनिबार


देख्न बहुत देखेको छ, यी आँखाले पनि,
ठग्नु ठगेको छ गरिबलाई जमानाले पनि ।

मीठो लगाउन खान घरजम गरेर बस्न,
यो समाजमा पाउनुपर्छ विधवाले पनि ।

म बिग्रीन नसकु भत्किन नसकु मप्रती,
बहुत अपेक्षा राखेका छ्न घरकाले पनि ।

हड्डी घोटेरै मैले सन्तान हुर्काउनुछ,
मलाई हड्डी घोटेरै पढाए बाले पनि ।

के-के सोचेको थियो होला के-के सोचेको,
बहुलाउनु भन्दाअगाडि बौलाहाले पनि ।

प्रतिक्रिया दिनुहोस