गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


९ मंसिर २०७४, शनिबार


कसैलाई आयु बढी कसैलाई कम रहेछ ।।
यो नाथे जिन्दगी पनि चुइगम रहेछ ।।

वर्षौदेखि आमा खोक्दै हुनुहुन्थ्यो ।
परीक्षण गर्दा थाहा भयो दम रहेछ ।।

लेख्न नसकेको कथा कलमले लेख्यो ।
तरबारभन्दा बलियो त कलम रहेछ ।।

घरी रुआउँछौ अनि घरी हसाउँछौ ।
तिमी बादल तिम्रो मन मौसम रहेछ ।।

लाग्छ जिन्दगी एक फोहोरी खेल हो ।
खेल्ने मान्छे खेलाउने रकम रहेछ ।।

Tags :
प्रतिक्रिया दिनुहोस