मतदाता परिचयपत्र वितरण आजदेखि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मतदाता परिचयपत्र वितरण आजदेखि


८ मंसिर २०७४, शुक्रबार


काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण कार्य सुरू गरेको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण निर्वाचन आयोगले जनाएको छ ।

गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो ।

आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । आयोगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस