कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी


८ मंसिर २०७४, शुक्रबार


काठमाडौं । मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शड्ढया छन् । वार्ड सधैंजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् ।

सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समात्र हुन्छन् । ‘साप्ताहिक बिदा, सार्वजनिक बिदा र सिफ्ट बाडिँदा ड्युटीमा दुईजनामात्र हुन्छौं,’ वार्डकी नर्स निर्मला रेग्मीले भनिन् ।

अस्पतालकै पेइङ वार्डका ४० शड्ढयाका लागि पनि दुईजनामात्र नर्स छन् । अस्पतालका अन्य वार्डको अवस्था पनि उस्तै छ । ‘सबै वार्डमा नर्स अपुग छन्,’ अस्पतालकी मेट्रोन निवारण जोशीले भनिन्, ‘नर्सकै अभावमा ५२ शड्ढयाको सिआइसियूमा ३४ शड्ढयामात्रै सञ्चालनमा छन् ।’

कामको चापले अस्पतालका नर्स सधैं तनावमा हुन्छन् । ‘दुईजनाले पालैसँग औषधि दिँदा बिरामीले समयमा औषधि पाउनै सक्दैनन्,’ नर्स हरिमाया वाग्लेले भनिन् । नर्स तनावमा हुँदा गल्ती हुने सम्भावना पनि उत्तिकै हुने उनले बताइन् । ‘औषधिको मात्रा मिलेन भने बिरामीको ज्यान जोखिममा पर्छ,’ उनले भनिन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस