आचारसंहिताविपरीत जिल्ला पठाइँदै नौ अर्ब « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आचारसंहिताविपरीत जिल्ला पठाइँदै नौ अर्ब


८ मंसिर २०७४, शुक्रबार


काठमाडौं । सरकारले बाढीपिडित र सिँचाइ संरचना पुननिर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ । दुवै चरणको निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको हो ।

सरकारले दुई साताअघि बाढीपीडित क्षेत्रको पुननिर्माणका लागि १७ अर्बको महत्वाकांक्षी प्याकेज कार्यक्रम घोषणा गर्ने निर्णय गरेको थियो ।

सिँचाइ मन्त्रालयले जिल्लामा पहिलो चरणमा नौ अर्ब रुपैयाँ पठाउने गृहकार्यलाई तिव्रता दिएको छ । यो रकम उपभोक्ता समितिमार्फत खर्च गरी मन्त्रालयले कार्ययोजना बनाएको छ ।

स्रोतका अनुसार सत्तारुढ दलनिकट व्यक्तिको सहभागितामा उपभोक्ता समिति बनाएर सोही समितिमार्फत नै अर्बौ रुपैयाँ पठाउने र आफूनिकटका व्यक्तिलाई उपभोक्त समितिमा राखेर मन्त्रीले भोट बैंक सुरक्षित बनाउन खोजेको विपक्षीको आरोप छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस