इलाम । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको भन्दै इलाम प्रहरीले भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियारलाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको दलित आयोग प्रमुख रहेकी खिनमायालाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको इलामका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिपिन कर्मचार्यले बताए ।
परियारसँगै अर्का कार्यकर्ता डम्बर मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी मगर युवा संगठन प्रमुख रहेको बताइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।