बाबुद्वारा छ महिने छोराको हत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाबुद्वारा छ महिने छोराको हत्या


७ मंसिर २०७४, बिहिबार


जुम्ला । पातारासी गाउँपालिका–६ का २० वर्षीय क्षेत्रबहादुर बुढाले आफ्नो छ महिनाको छोरा आशिषको हत्या गरेका छन् ।

गत सोमबार क्षेत्रबहादुरले नाबालक छोराको घाँटी च्यापेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडामणि पुनले जानकारी दिए ।

श्रीमती जंगलमा दाउरा लिन गएका बेला उनले छोराको घाँटी च्यापेर मारेको स्वीकार गरेको पुनले बताए । एक वर्षअघि कतारबाट फर्केका बुढाले छोरालाई मारेर आफू पनि आत्महत्या गर्न ‘सुसाइड नोट’ लेख्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुढालाई कर्तव्य ज्यानअन्तर्गतको मुद्दा लगाएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक पुनले बताए । रासस

प्रतिक्रिया दिनुहोस