उत्कृष्ट दश महिला उद्यमी छनोट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उत्कृष्ट दश महिला उद्यमी छनोट


५ मंसिर २०७४, मंगलबार


मकवानपुर । मकवानपुर जिल्लाका ७ गाबिसमा उत्कृष्ट दश महिला उद्यमीको छनोट गरिएको छ । अक्सफामको सहयोगमा नारी सीप सृजना केन्द्रले उनीहरूको छनोट गरेको हो । भूकम्प प्रभावित समुदायमा आयआर्जन तथा खाद्य सुरक्षा बढाउनका लागि आयोजित तालिमका २० महिला सहभागि मध्येबाट १० जनाको छनोट गरिएको छ ।

मकवानपुरका भूकम्प प्रभावित क्षेत्रहरूमा नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्रको सहकार्यतामा दायीत्व ग्रामीण उद्यम प्रर्वद्धन कार्यक्रम अन्तर्गत महिला उद्यमी छनोट गरिएको आयोकले जनाएको छ ।

इन्द्रसरोवर गाँउ पालिका वडा नं. १ का वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि जमन सिंह वाइवाले तमामौ युवा बैदेशिक रोजगारको सिलसिलामा पलायन भइरहको अवस्थामा महिलाहरूले उद्यम चलाएको देख्दा खुशी लागेको बताए । उनले उद्यम बढाउँदै लगेर लक्ष्य पूरागर्न समेत सुझाव दिँए । नेपाल लिडरसीप एकेडेमीले दायित्वको ग्रामिण उद्धम द्रुतिकरण कार्यक्रमको ढाँचा प्रयोग गरेर महिला तथा युवाको नेतृत्व क्षमतामा वृद्धि गरी सक्षम बनाउन संस्थाले यस्ता कार्यक्रम गरिरहेको बताइएको छ ।

संस्थाले पहिलो चरणमा उत्कृष्ट ४० उद्यमी छनौट गरीसकेको र दोस्रो चरणमा २० उद्यमीको छनौट गरी ब्यवसाय साक्षरता तालीम प्रदान गरेको दायीत्व ग्रामीण उद्यम प्रर्वद्धन कार्यक्रमकी सञ्जु पौडेलले बताइन् । तेस्रो चरणमा तीन जनाको निर्णायक समूहले उत्कृष्ट २० उद्यमीको घर तथा उद्यममै गएर प्रत्यक्ष अवलोकन, निरिक्षण तथा मूल्यांकनको आधारमा उत्कृष्ट १० उद्यमीको छनौट गर्ने योजना रहेको उनले बताइन् । छनौटमा परेका उद्यमीहरूलाई नेतृत्व विकासको तालीमका साथै अन्य प्राविधिक तालिम र व्यवसायीक परामर्श पनि प्रदान गरिने पौडेलले बताइन् ।

नेपाल लिडरसीप एकेडेमीले यस कार्यक्रम मार्फत विकासोन्मूख लघु उद्यमीहरूको पहिचान गरी उनीहरुको व्यवसाय प्रर्वद्धन गर्न आवस्यक प्राविधिक सहयोग प्रदान गर्ने उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस