प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात, अवस्था गम्भिर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात, अवस्था गम्भिर


प्रशासन विशेष ब्युरो

३ मंसिर २०७४, आइतबार


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ का छोरा प्रकाश दाहाल गम्भीर बिरामी भएका छन्। हृदयघात भएका उनलाई उपाचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

आइतबार बिहानै अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ। अस्पतालले केही आधिकारिक जानकारी दिएको छैन।

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन्। हेलिकप्टर आउन ढिलाई भएकाले केही समय लाग्ने पारिवारिक स्रोतले जनाएको छ भने चितवनबाट दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिलेनै काठमाडौं आउँदैछन्।

प्रतिक्रिया दिनुहोस