गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


२ मंसिर २०७४, शनिबार


जमानाले केही दिएन हातमा खुट्टामा
जब ईज्जत खोज्न थालियो जुत्तामा

सरकार त केवल कागजको बाघ हो
न बोल्छ कर्णालीमा न बोल्छ सुस्तामा

उ हेर जूनकीरी पनि जून हुन्छ हेरेपछि
सुन्दरता हेराई भित्र हुन्छ हुँदैन बुट्टामा

मृगौला बेचेर आमाको कलेजो फेर्नुछ
भरोसा हुन्छ आमालाई आफ्नो पुस्तामा

प्रतिक्रिया दिनुहोस