गजल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गजल


२ मंसिर २०७४, शनिबार


बगाउ त्यो खोलीमा मञ्जुर छ मलाई ।।
या लैजाउ झोलीमा मञ्जुर छ मलाई ।।

सम्हालेर राख सक्छौ भने छातिभित्र,
या उडाउ गोलीमा मञ्जुर छ मलाई ।।

हाँसेर रमाउने दुई दिने जिन्दगीको,
मान्छेको यो चोलीमा मञ्जुर छ मलाई ।।

पर्खीराख्नु आँगनीमा लिन आउला सानु,
सजाई त्यो डोलीमा मञ्जुर छ मलाई ।।

राखी राख्नु फागुसम्म रंगभरि माया,
खेलौंला है होलीमा मञ्जुर छ मलाई ।।

प्रतिक्रिया दिनुहोस