स्थिर सरकारका लागि बाम गठवन्धन : उपाध्यक्ष ज्ञवाली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थिर सरकारका लागि बाम गठवन्धन : उपाध्यक्ष ज्ञवाली


१ मंसिर २०७४, शुक्रबार


दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थिर सरकारले मात्रै नागरिकलाई अधिकार सम्पन्न र देशलाई समृद्धिको मार्गमा लग्न सक्ने बताएका छन् ।

एक वर्ष नटिक्ने सरकार कै कारण विकास निर्माणको काम अलपत्र पर्ने गरेको बताउँदै उनले भने- ‘बहुमतको स्थिर सरकार अहिलेको आवश्यकता छ ।’

संयुक्त वाम गठबन्धनले दाङको ढिकपुरको एकलघरुवामा बिहीबार आयोजना गरेको चुनावीसभामा उपाध्यक्ष ज्ञवालीले अब कम्युनिष्टहरुले नेतृत्व गर्ने सरकार बन्ने बताउँदै वाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गराउन मतदातालाई आग्रह गरे ।

उनले व्यक्ति र पार्टीको जितहारभन्दा पनि कम्युनिष्ट र देशकै जितहारको सवाल खडा भएको बताउँदै जनतालाई विचार गरेर मात्रै भोटको सुनिश्चित गर्न सुझाव पनि दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन राष्ट्रियता र जनताको अधिकार संस्थागत गर्ने कडी भएको उल्लेख गर्दै उपाध्यक्ष ज्ञवालीले वाम गठबन्धनलाई अधिनायकवादको आरोप लगाउने कांग्रेसले अरूलाई गाली गरेर आफू राम्रो बन्ने सोच हटाउनुपर्नेमा जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस