तनावमा हुनुहुन्छ ? यसरी मुक्त रहनुस् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तनावमा हुनुहुन्छ ? यसरी मुक्त रहनुस्


१ मंसिर २०७४, शुक्रबार


चिन्ता र तनावबाट सायदै संसारका कोही मान्छे अछुतो रहेका होलान् । हरेक व्यक्तिलाई कुनै न कुनै प्रकारको चिन्ता हुन्छ । तनावकै कारण कतिपयले आत्महत्या समेत गर्ने गरेका छन् । नेपालीमा एक उखान निकै प्रचलित छ, ‘चिन्ताले नै चितासम्म पुर्याउँछ ।’

मनोविद्ले तनाव व्यवस्थापन गर्ने केही उपाय सुझाएका छन् ।

गीत–संगीत सुन्नुस्
यदि तपाई तनावमा हुनुहुन्छ भने केही समय विश्राम लिएर गीत–संगीत सुन्नुस् । यसले तपाईको दिमाग र शरीरलाई आराम दिएर ब्लड प्रेसर र तनाव बढाउने हर्माेन घटाउन मद्धत गर्छ ।

साथीसँग कुरा गर्नुस्
जब तपाईलाई तनाब हुन्छ, त्यतिबेला तपाई केही समय विश्राम गरी साथीसँग आफ्ना समस्याबारे कुरा गर्नुस् । साथीको सम्बन्धन स्वस्थ जीवनशैलीका लागि महत्वपूर्ण हुन्छ । जब तपाई धेरै तनावमा भएकाले प्रियजनको आवाजले तनाव मुक्त गर्न सहज बनाउँछ ।

आफैसँग कुरा गर्नुस्
तनाब हटाउन साथीसँग कुरा गर्ने विकल्प नहुन सक्छ । यस्तो अवस्थामा आफैसँग कुरा गर्नु पनि उत्तम विकल्प हुन सक्छ । यस्तोबेला तनावको कारण र समाधान कसरी हुन्छ भनी आफैसँग प्रश्न गर्नुस् । र, सबै कुरा ठीक हुन्छ भनी विश्वस्त रहनुस् ।

सन्तुलित भोजन खानुस्
तनाव र सन्तुलित भोजन परस्पर सम्बन्धित छन् । जब हामी तनावमा हुन्छौं, सन्तुलित खाना छाडी तयारी खानेकुरा खान्छौं । तनाव मुक्त गर्न तयारी खानेकुरा नखानुस् । यस्तो बेला फलफूल र तरकारी खान राम्रो हुन्छ । माछाजन्य खानेकुराले पनि तनाव कम गर्न सहयोग पुर्याउँछ ।

खुलेर हास्नुस्
खुलेर हास्यो भने तनाव कम गर्न सकिन्छ । हास्दा शरीरमा भएको इन्डोरफिन नामक रसायन उत्पन्न भई तनाव बढाउने हर्माेन घटाउन मद्धत गर्छ । कमेडी फिल्म हेरे या चुटकिला पढ्यो भने पनि तनाव कम गर्न सकिन्छ ।

चिया पिउनुस्
तनाव हटाउने एक अर्काे उपाय हो, ग्रिन टि पिउने । यसमा भएको रसायनले तनाव कम गर्न मद्धत पुर्याउँछ ।

व्यायाम गर्नुस् (कम्तीमा एक मिनेट)
व्यायाम गरेर पनि तनाव कम गर्न सकिन्छ । व्यायाम भन्नेबित्तिकै भारात्तोलन उठाउने र म्याराथनका लागि दौड्ने भन्ने होइन । घर, आँगन या कार्यालय वरिपरि हिँडेर पनि व्यायाम गर्न सकिन्छ । यसले रक्तसञ्चार गरी तनाव मुक्त गर्ने रसायन उत्पादन गरी तनाव हटाउन सहयोग पुर्याउँछ ।

आरामसँग सुत्नुस्
निद्रा पुगेन भने तनाव हुन्छ भन्ने धेरैलाई थाहा होला । अनिद्रा पनि तनावको एक कारण हो । दैनिक सातदेखि आठ घन्टा सुत्ने चिकित्सक नै सुझाउँछन् । तनाव भएका बेला चाडै टिभी बन्द गर्नुस्, बत्ती निभाउनुस् र आरामसँग सुत्नुस् । यसले तनाव कम गर्न सहयोग गर्छ ।

आरामसँग श्वास लिनुस्
आरामसँग श्वास लिए तनाव कम गर्न मद्धत पुर्याउँछ । सदियौंदेखि बौद्ध भिक्षु पनि ध्यान गर्दा श्वासप्रति सचेत हुँदै आएका छन् । भुइँ या कुर्सीमा बसेर आरामसँग तीन–चार मिनेट बिस्तारै गहिरो श्वास लिनुस् । तनाव कम गर्न सकिन्छ । किनकी छोटो श्वास तनावको कारण हो ।

जीवनशैलीबारे सचेत रहनुस्
माथिका यी उपाय छोटो अवधिका लागि तनाव कम गर्ने उपाय हुन् । जीवनशैलीबारे सचेत रहेर तनाव कम गर्न सकिन्छ । यो तनाव कम गर्ने दीर्घकालीन उपाय हो । मानसिक स्वास्थ्यबारे सचेत रही नियमित योग र ध्यान गरे तनावबाट मुक्त रहन सकिन्छ ।

यसबाहेक तनावबारे जानकारी लिएर पनि तनाव कम गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस