गरीबी हटाउन वाम गठबन्धनलाई जिताउनुपर्छ : नेता नेपाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गरीबी हटाउन वाम गठबन्धनलाई जिताउनुपर्छ : नेता नेपाल


३० कार्तिक २०७४, बिहिबार


काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताएका छन् ।

नेकपा एमाले कागेश्वरी मनहरा नगरपालिका–४ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उनले विगतमा सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माण तथा विकासका कार्यले गति लिन नसकेकाले अब गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताए ।

अहिलेको चुनावी प्रणालीमा राजनीतिक दललाई बहुमत प्राप्त गर्न कठिन रहेको बताउँदै नेता नेपालले देशलाई अस्थिरताबाट निकास दिन वामपन्थी विचार मिल्ने दलले गठबन्धन गरेको उल्लेख गरे ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता नेपालले मुलुकमा गठबन्धन निर्माण भएपछि नेपाली कांग्रेस अत्तालिएको र गठबन्धनको सरकार निर्माण भएमा अधिनायकवादको उदय हुने भनेर भ्रम फैलाउन लागेकामा त्यस्तो तथ्यहीन तर्कका पछाडि नलाग्न आग्रह गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस