गौचन हत्यामा संलग्न ५ जना पक्राउ, मुख्य योजनाकार अझै फरार

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

मंगलबार पुलिस क्लबमा सुटर राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलार्इ प्रहरीले सार्वजनिक गरेको छ । हत्याका मुख्य योजनाकार गुण्डानाइके समिरमान सिंह बस्नेत सहित छ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । देशबाहिरबाटै उनले हत्याको नेतृत्व गरेको खुलासा भएको छ ।

भारतबाट मोटरसाइकल चोरी गरेर नेपालमा ल्याएर नेपाली नम्बर प्लेट राखी हत्यामा प्रयोग गरिएको देखियो प्रहरीले जनाएको छ ।

मागजति फिरौती नदिएकै कारण समिरमानले गौचनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । फरार अभियुक्तहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो । गोलीबाट घाइते बनेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

कार्तिक २८ गते, २०७४ - बेलुकी ०४ः४३ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg