गौचन हत्यामा संलग्नको आरोपमा पाँच पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार सुटर राजिव स्याङताङ, सिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई पक्राउ गरिएको छ । मुख्य योजनाकार मानिने समिरमान बस्नेत भने अझै फरार छन् ।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

कार्तिक २८ गते, २०७४ - बेलुकी ०४ः०४ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg