नेपाल पहिलोपटक सेमिफाइनलमा, भारत बाहिरियो

काठमाडौं । एसिसी यु–१९ एसिया कपमा पहिलोपटक नेपाल सेमिफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ बाट उपबिजेता हुँदै सेमिफाइनल पुगेको हो । समूह चरणका तीनमध्ये दुई खेल जितेको नेपालको चार अंक छ ।

नेपालले समूह चरणका खेलमा साविक बिजेता भारत र आयोजक मलेसियालाई हराएको थियो भने बंगलादेशसँग पराजित भएको थियो ।

सो समूहबाट बिजेता हुँदै बंगलादेश पनि सेमिफाइनल पुगेको छ । समूह चरणका सबै खेलमा विजयी भएको बंगलादेशको ६ अंक छ ।

समूह चरणका एक खेल मात्र जितेको भारत र तीन ओटै खेल हारेको मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् । भारतले आयोजक मलेसियालाई मात्रै पराजित गरेको थियो । भारतको दुई अंक छ ।

कार्तिक २८ गते, २०७४ - बेलुकी ०३ः३६ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg