एसिसी यु–१९ एसिया कपः नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

काठमाडौं । जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । ४६ रनको लक्ष्य नेपालले ५.३ ओभरमै पूरा गर्यो । नेपालका लागि ओपनर अनिलकुमार साह सर्वाधिक २६ रनसहित नटआउट रहे । १५ बल खेलेका उनले ३ छक्का र एक चौका प्रहार गरे । भीम सार्की ३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १२ र मोहम्मद आसिफ सेख ४ रन जोडे ।

त्यसअघि वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाले १५.३ ओभरमा अलआउट हुँदै ४५ रन मात्रै जोडेको थियो । मलेसियाका ओपनर आजिज साहिद मुबारकले सर्वाधिक २० रन र विरनदीप जग्गित सिंहले १० रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । मलेसियाका ६ ब्याट्सम्यान शून्य रनमै पेवेलियन फर्किएका थिए ।

मलेसियालाई कम योगफलमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । ४.३ ओभर बलिङ गरेका उनले ८ रन मात्रै खर्चिए । त्यस्तै साहब आलम, दीपेन्द्र सिंह ऐरीले समान दुई तथा अनिलकुमार साहले एक विकेट लिए ।

 

कार्तिक २८ गते, २०७४ - बेलुकी ०२ः१५ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg