वामपन्थी मिल्दा भुइँचालो : नेता केसी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वामपन्थी मिल्दा भुइँचालो : नेता केसी


२८ कार्तिक २०७४, मंगलबार


कपिलवस्तु । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो नेपाली कांग्रेसमा आएको टिप्पणी गरेका छन् ।

चन्द्रौटामा सोमबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले कांग्रेसले भ्रमको खेती गरेको आरोप पनि लगाए ।

राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै कांग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरे ।

सरकारको स्वाद चाख्न बानी परेको दलमा वामपन्थीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न भनेर हल्लीखल्ली मच्चिएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीसँग भएको एक भेटको स्मरण गराए ।

केसीले आफूलाई एक दिन प्रधानमन्त्री देउवाले भेटेर देशमा दुई ठूला पार्टी मिले अब के होला ? भनेर प्रश्न गरेको पनि उल्लेख गरे ।

आफूले त्यस भेटमा ‘वामपन्थी मिले, ठीक भयो, तर देशमा कम्युनिस्ट शासन आउँछ भन्ने चिन्ता नगर्नू’ भनेर जवाफ फर्काएको उनले बताए ।

संघीयताका कट्टर विरोधी अध्यक्ष केसीले संघीयताले मुलुकलाई निकास नदिने पनि दोहोर्याए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस