चार डिआइजीलाई एआइजीमा बढुवा

एआइजीको संख्या १६ !

काठमाडौं । सरकारले चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले डिआइजी हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठको बढुवा सिफारिस गरेको बढुवा समितिको सचिवालयका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक प्रकाश अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम सोही समूहमा बढुवा गरिएको विज्ञप्तिमा जनाइएको छ ।

 

कार्तिक २८ गते, २०७४ - बिहान १०ः५१ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg