राजकीय सम्मानबिना नै गरियो राजनेताको अत्येष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजकीय सम्मानबिना नै गरियो राजनेताको अत्येष्टि


२५ कार्तिक २०७४, शनिबार


काठमाडौं । एक निष्ठावान नेता एवम् पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री विष्टको आज ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको निधनसँगै मुलुकले एक निष्ठावान राजनेता गुमाएको छ । काठमाडौंको ठमेलमा जन्मिएका विष्ट तीन पटक प्रधानमन्त्री बन्नुका साथै तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष थिए ।

विष्टलाई राजकीय सम्मानबिना नै शनिबार दिउँसो पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ ।

उनका दुई छोरा र तीन छोरी छन् । दुई वर्ष अघि उनको श्रीमती र एक छोराको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस