चुनावी मुक्तक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चुनावी मुक्तक


२५ कार्तिक २०७४, शनिबार


१.
कागले पनि कति सुरिलो कुहुकुहु गाउँदो रहेछ
ब्वाँसोले पनि चौपायासंग मायाँ–प्रीति लाउँदो रहेछ
अनेक ज्ञान प्राप्त भैरहेछन् चुनाबको मौसम आएपछि
भेडा–बाख्राको पनि गजक्क पर्ने दिन आउँदो रहेछ ।

२.
जिन्दगीमा कैयौं पटक सरस्वतीको महिमा गाएको छु
म त पढेलेखेको पो हो त भन्दै फूर्ति पनि लाएको छु
हत्तेरिका, गल्ती भएछ ! लक्ष्मी पो पुज्नुपर्ने रहेछ
आफु चुनावमा होमिएपछि बल्ल थाहा पाएको छु ।


कसैसंग छन् रे पैसा निमुखासंग लुटेका
कसैसंग छ रे सम्पत्ति जनतालाई चुसेका
त्यस्ता कालो गुमुर्क्याएर भोट हाल्ने जति त
हुन् रे निमेक चाटेका, विवेकको आँखै फुटेका ।

Tags :
प्रतिक्रिया दिनुहोस