आवरणमा प्रकाशक र लेखककै ध्यान पुगेको छैन । « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आवरणमा प्रकाशक र लेखककै ध्यान पुगेको छैन ।


२५ कार्तिक २०७४, शनिबार


रमेश पौडेल नेपालका चर्चित आवरणशिल्पी मानिन्छन् । अहिलेसम्म उनले पाँच सयभन्दा बढी कृति र पुस्तकका आवरण बनाइसकेका छन् । कृति र पुस्तकका लागि आवरणको भूमिका कति छ ? कृति आवरणकै सेरोफेरोमा रही उनीसँग प्रशासन डट कमका बरिष्ठ संवाददाता यज्ञराज जोशीले गरेको कुराकानी ।

नेपालमा आवरणकार न्यून छन् नि, किन ?
यो छपाई प्रविधिसँग जोडिएको कला हो । आवरणमा त ठूलो क्यान्भासको फोटो पनि राख्न सकिन्छ । तर, कितावको नामै नदेखिने कन्ट्रास्ट कलर भयो भने लेखकलाई समस्या हुन्छ । सबै कलाकार आवरणशिल्पी हुन नसकेझैँ, सबै आवरणशिल्पी क्यान्भास पोत्न सक्दैनन् । त्यही भएर पनि कम भएको हुन सक्छ ।

के आवरण बनाएरै जीविकोपार्जन गर्न सम्भव नभएरै हो त ?
मैले कलालाई व्यवसाय बनाइनँ । अरु देशमा हो भने मज्जाले सकिन्थ्यो । तर, नेपालमा सकिँदैन ।

कृतिको बिक्री बढाउन आवरणको भूमिका कस्तो हुन्छ ?
सारै महत्वपूर्ण हुन्छ । कितावको भित्री गुदीको प्रतिच्छाया नै आवरण हो । तर, यसमा प्रकाशक र लेखककै ध्यान पुगेजस्तो देखिँदैन ।

आवरणले पाठकलाई कतिको आकर्षण गर्छ ?
यो पाठकको हेराइ र ठम्याइमा भरपर्ने कुरा हो ।

उत्कृष्ट आवरण सिर्जना हुन के–के आवश्यक पर्छ ?
पहिले त पुस्तकको गुदी र शीर्षकले नै आवरण शिल्पीको ध्यान खिँच्नुपर्यो । विषय र शीर्षकले छुनेबित्तिकै कलाकारको दिमागमा इमेज बन्यो भने त्यो नै उत्कृष्ट आवरण बन्छ ।

र यो पनि

मुक्तक गागरमा सागर अटाउन सकिने विधा हो

Tags :
प्रतिक्रिया दिनुहोस