सार्वजनिक प्रशासनमा व्यावसायिकता

बजारसम्बद्ध व्यवसायमा मात्र होइन, सार्वजनिक सरोकार रहने तथा सार्वजनिक स्रोत प्रयोग गरिने सार्वजनिक क्षेत्रमा समेत व्यावसायिक गुण र क्षमताको माग बढेर गएको छ ।

परम्परागत प्रशासनका सिद्धान्त आदेशको कार्यान्वयन कसरी गर्ने र सुरक्षा व्यवस्था एवं आम्दानी संकलन कसरी चुस्त तथा दुरुस्त राख्नेमा केन्द्रित थियो । त्यसकारण प्रशासनमा त्यतिधेरै ज्ञान, सीप, कौशल र जोखिम व्यवस्थापन कला आवश्यक पनि थिएन । तर, जब मुलुकमा मन्दीको प्रभाव र विश्वयुद्धको भूमरीमा पर्यो अनि विकास निर्माण र लोकतान्त्रीकरणको खाँचो पर्यो । त्यसपछि थोरै स्रोतसाधनबाट थपिएका काम सम्पादन गर्न दक्षता तथा प्रभावकारिता आवश्यक भयो । मूलतः भ्यालु फर मनी, क्वालिटी कन्ट्रोल, क्वालिटी कन्ट्रोल, सोसियल अडिट, गुड गभरनेन्स, लिन एन्ड थिन गभरमेन्ट, पाटनरसिपलगायत अवधारणा आए । यसले प्रशासनको व्यावसायिक विकासतर्फ संकेत गर्यो । खासगरी सन् १९८० मा नयाँ सार्वजनिक व्यवस्थापन अवधारणा भित्रिएपछि व्यावसायिकताले चर्चा पायो ।

तोकिएको वा आफु आबद्ध काममा कार्यकुशलता हासिल गर्नु, प्रतिफल र परिणाम प्राप्ति गर्न भूमिका खेल्नु नै व्यावसायिकता हो । यसमा विशिष्टीकरण, निरन्तरता र जीवनयापनका लागि पेशा वा काम समेटिन्छ ।

यसमा कामप्रतिको प्रतिवद्धता, लगाव, झुकाव, कामसँग सम्बन्धित नैतिकता, निष्ठा, इमान्दारिता, क्षमताअनुसारको स्वायत्तता, विश्वास र कामको मानक निर्धारण पर्छन् । सो पूरा गर्न योग्य जनशक्ति भित्र्याउनका लागि व्यावसायिकताका तत्वलाई संगठन तह र व्यक्तिगत तहमा राखेर हेर्न सकिन्छ ।

संगठन तहमा क्षमता एवं उत्पादकत्व वृद्धि, समूह गतिशीलता, परिणाममुखी, प्रतिस्पर्धा, संगठनको कार्यसंस्कृति र चिनारी पर्छन् भने व्यक्तिगत तहमा वृत्ति विकास एवं विशेषज्ञता, आत्मानुशासन, जिम्मेवारीपन, समयनिष्ठ, समयनिष्ठता, नतिजा उन्मुखता पर्छन् ।

नेपालको सार्वजनिक प्रशासन त्यसको ‘मियो’ एवं ‘दियो’ सेवाकारूपमा रहेको निजामती सेवामा पनि व्यावसायिकता विकासका लागि विविध व्यवस्था नभएका होइनन् । योग्यता परीक्षण गरेर मात्र भर्ना, सेवा समूह उपसमूहको व्यवस्था, योग्यता क्षमता र रुचिका आधारमा पदस्थापन एवं समयावद्ध सरुवा, तालिमको व्यवस्था, सचिव पदमा बढुवाका लागि क्लष्टरको व्यवस्था केही त्यस्ता प्रबन्ध हुन् ।

कानुन, कार्यविधि र कार्यतालिकाको अनुसरण नहुनु नै व्यावसायिकता कमजोर हुने मुख्य कारण हो । योग्य व्यक्ति सेवामा भित्र्याइसकेपछि यस्तो परिवेशको विकास हुन्छ कि बाँकी समय असक्षमताको विकास हुन्छ ।

काम किटानी नहुनु र राम्रा कामको सह्राना नहुनु, बढुवा वा पुरस्कारलाई कामसँग जोड्न नसक्नु पनि प्रमुख समस्या हुन् । कामले माग गरेको सीप र कौशलसहितको जनशक्ति संगठनमा आकर्षण गरी टिकाइराख्नु नै अहिलेको प्रमुख चुनौती हो । कार्यसम्पादन व्यवस्थापन प्रभावकारी बनाउन, उत्पादकत्व, विश्वसनीयता र साख बढाउन समेत व्यावसायिकताको विकास र प्रयोगको गहन महत्व छ ।


र यो पनि,

आत्मशुद्धि र शान्तिको प्राप्ति

Spiritualism and Work Life

आउनुहोस् आत्मसमीक्षा गरौँ

संगठनको समग्र वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्देशिकाको प्रयोग

 Revitalizing Disaster Hit Tourism in Bhotekoshi Area

लोकसेवाका परीक्षार्थी र कार्यरत कर्मचारी दुवैका लागि पुस्तक उपयोगी छ

कार्तिक १९ गते, २०७४ - बेलुकी ०८ः१२ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg