पाँच सय अधिकृत मागिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाँच सय अधिकृत मागिँदै


१९ कार्तिक २०७४, आइतबार


काठमाडौं । सरकारले निजामती सेवाका विभिन्न तहमा पाँच सय पचासभन्दा बढी अधिकृतका लागि नयाँ भर्ना प्रक्रिया थालेको छ । सरकारको मागका आधारमा लोकसेवा आयोगले प्राविधिक र अप्राविधिक गरी पाँच सय पचासभन्दा बढी अधिकृतका लागि छिट्टै विज्ञापन गर्ने तयारी गरेको हो ।

सामान्यले विभिन्न मन्त्रालय र निकायमा आवश्यक अधिकृत माग गर्दै विज्ञापनका लागि लोकसेवा पठाउने गृहकार्यलाई तीब्रतादिएको छ ।

मन्त्रालयका जनशक्ति विकास शाखा प्रमुख उपसचिव दिनेशसागर मुसालले यो बर्ष प्राविधिक र अप्राविधिक गरी ५ सय ५० अधिकृत निजामती सेवामा थप हुने बताए ।

कानुनअनुसार देशभरमा आवश्यक पर्ने अधिकृतदेखि सहसचिवसम्मको रिक्त पदमा पदपूर्तिको माग गर्दै सामान्य प्रशासन मन्त्रालयले लोकसेवामा पठाउनुपर्ने हुन्छ ।

उपसचिव भुसालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न ३१ वटा मन्त्रालय र मन्त्रालय मातहतका कार्यालय, आयोग, नियोगलगायतका निकायमा रिक्त रहेको शाखा अधिकृत पदको विवरण संकलन कार्यलाई अन्तिम रूप दिन लागिएको छ । ती निकायबाट आएको मागका आधारमा प्राविधिकतर्फ २५० जना र अधिकृतको पदपूर्ति गर्न लागिएको उपसचिव भुसालले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस